२२ असार २०८३, सोमबार

थाइल्याण्डबाट उड्न लाग्दा निगमको जहाजको दुबै टायर पड्कियो, दुर्घटना हुनबाट बच्यो

थाइल्याण्डबाट उड्न लाग्दा निगमको जहाजको दुबै टायर पड्कियो, दुर्घटना हुनबाट बच्यो
फोटो : भुषण राजलावतको फेसबुकबाट

नेपाल वायुसेवा निगमको जहाज थाइल्याण्डमा उड्नै लाग्दा दुईवटा टायर एकैपटक पञ्चर भएको छ । यो जहाज ठूलो दुर्घटना हुनबाट बचेको उक्त जहाजबाट काठमाडौं आउँदै गएका एक यात्रुले बताएका छन् ।
थाइल्याण्डको राजधानी बैंककबाट शुक्रबार साँझ काठमाडौं आउने तयारी भएको आरए ४०२ उडान नम्बरको उक्त जहाज उड्नलाई धावनमार्गमा गुड्ने क्रममा दुईवटा टायर पड्किएको हो ।

जहाजको उड्ने क्रममा भएको उक्त घटनालाई उड्डयन भाषामा रिजेक्टेड टेकअप भनिन्छ । जहाजको टायरको मर्मत गरेर शुक्रबार राती नै काठमाडौं आउने निगमका एक अधिकारीले जानकारी दिएका छन् ।
निगमका अनुसार यात्रुहरूमा अहिले सबै प्रतीक्षालयमा छन् । टायर मर्मत सकिएपछि सोही जहाजमा राखेर काठमाडौं आउने निगमले जानकारी दिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्