×

NMB BANK
NIC ASIA

सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

चैत १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

के गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने ? शिक्षा क्षेत्रमा नियमित उत्पन्न भइरहने यो प्रश्नमा सम्बन्धित विद्यालयका अभिभावक घोत्लिने हो भने समाधानका उपाय निस्कँदै जान्छन् ।

Muktinath Bank

जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी विद्यालय सुधार वा रेखदेखको पहिलो जिम्मेवारी पनि अभिभावककै रहन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानतः स्थानीय तहको मातहतमा रहेका सामुदायिक विद्यालयलाई नियमित र नीतिगत नेतृत्व गर्ने काम विद्यालय व्यवस्थापन समितिले गर्छ । स्थानीय तहकै मार्गदर्शनमा गठन, पुनःगठन हुने व्यवस्थापन समितिमा स्वयंसेवीरूपमा ‘केही गरौं’ भन्ने भावना बोकेका व्यवस्थापकीय दक्षता भएका अभिभावकले नेतृत्व गरेमा सामुदायिक विद्यालय सुध्रन गाह्रो नहुने उदाहरण काभ्रेको पनौती नगरपालिकामा पनि देख्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

कुनै बेला बन्दको अवस्थामा पुगेको धनेश्वर माध्यमिक विद्यालय अहिले उल्लेख्य विद्यार्थी संख्यासहित सञ्चालनमा आउनु, विद्यार्थी संख्या घट्दो भएको कुशादेवी माध्यामिक विद्यालयमा आकर्षणसहित विद्यार्थीको उपस्थिति बढ्नु, भालेश्वर माध्यमिक विद्यालयमा शिक्षकले आफ्नो कर्तव्य बोधलाई पुनःजागृत गराउनुले उक्त उदाहरणलाई सहज पुष्टि गर्दछ ।

Vianet communication
Laxmi Bank

आफ्ना पेशागत र व्यावसायिक काम छाडेर व्यवस्थापन समितिका पदाधिकारी शनिवार नगरस्तरीय विद्यालयको सुधारमा आफ्नो भूमिकाको खोजीमा अग्रसर हुँदै इन्द्रेश्वर माध्यमिक विद्यालयमा भेला भएर अनुभव आदान प्रदान गरिरहेका थिए । धनेश्वर माविका अध्यक्ष अनिरुद्र थापाले भने, ‘भत्ता आउने वा फाइदा हुने काममा मात्रै अभिभावक र शिक्षक सक्रिय हुने प्रचलनलाई अन्त्य गरेर निःस्वार्थ भावनाले लाग्ने हो भने विद्यालय सुधार्न सकिन्छ ।’

शिक्षक विद्यालयमा नियमित नआउने, समयमा कक्षाकोठामा नजाने वा चाँडै घर जाने प्रवृत्ति रोक्न पनि समितिले अनुगमन गर्नुपर्ने उनी बताउँछन् । ‘शिक्षक ढिला आएमा विद्यालय पस्न नदिने र चाँडै भाग्न खोजेमा नदिन गेट बन्द गरेर थुनेको अनुभव पनि छ मसँग, सुधारका लागि यो आवश्यक छ,’ उनले भने ।

विद्यार्थी नभएर करीब ८ वर्ष बन्द भई खारेजीको स्थितिमा पुगेको धनेश्वर माविमा अनिरुद्रले आफ्ना छोरालाई नर्सरीमा भर्ना गरेर विद्यालय सञ्चालनको थालनी गरेका थिए । भौतिक र पूर्वाधार विकास गर्दै अभिभावका घरघरमा पुगेर विद्यार्थी पठाउन आग्रह गरिएको र सो क्रममा त्यहाँका अस्थायी बासिन्दा रहेका अभिभावकले छोराछोरी पठाएर साथ दिएको थापाले बताए ।

आफ्नो विद्यालयको तुलनामा कम सुधार भएको देखिएपछि इन्द्रेश्वर माविका प्रधानाध्यापक उमारुद्र बस्नेतलाई सम्झाउँदै त्यहाँ भेला भएका समितिका अध्यक्षले सुधारका लागि उपाय र सुझाव दिएका थिए । कोभिड–१९ अगाडिको तुलनामा इन्द्रेश्वरमा विद्यार्थी संख्या घटेर हाल १ देखि १२ कक्षासम्म ४१५ जना छन् । यहाँ कूल शिक्षक २० जना मात्रै हुँदा कुनै शिक्षकले बिदा लिएर कक्षा बन्द गर्नुपर्ने स्थिति छ भने अंग्रेजी माध्यमका पाठ्यपुस्तक निःशुल्क उपलब्ध नहुने भएकाले तिर्न नसक्ने अभिभावकलाई मार परेको छ ।

अनिरुद्रका साथ कुशादेवी माविका व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापा, भालेश्वर माविका अध्यक्ष राजेन्द्र केसी लगायतले विद्यालयको परिसरमा रहेका फोहर सरसफाइ गर्न, नियमित पोसाक लगाउन, शिक्षक नआएमा रिपोर्ट गर्न कक्षाकोठामा गएर विद्यार्थीलाई पनि अनुरोध गरे । कुशादेवी माविका अध्यक्ष थापा विद्यालयकै कामका क्रममा खल्तीबाट सवारी भाडा तिरेर, आफैं चिया खर्च जुटाएर लाग्नुपरेको परिणाम बालबालिकाको शैक्षिक सुधार भएमा आफूहरू त्यसमा सन्तुष्ट हुने बताउँछन् ।

पहिलो बालमैत्री नगर मानिने पनौतीका नगर प्रमुख भीम न्यौपानेका अनुसार नगरभित्र हाल ३४ सामुदायिक विद्यालय रहेकामा तिनमा गुणस्तर सुधारका लागि नीतिगत र बजेटको तर्जुमा गरिएको क्रमशः शैक्षिक सुधार हुँदै गएको छ । – प्रकाश सिलवाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x