
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
शनिवारमा भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
‘उच्चस्तरीय तहबाट हुने भ्रमणले नेपाल-भारत सम्बन्धलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्छ,’ देउवाले भने ।
देउवाले गौतमबुद्ध विमानस्थल सञ्चालन र जोगवनीदेखि विराटनगर रेल्वे निर्माणका लागि पनि सहयोगको अपेक्षा गरेका छन् ।