
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लघु चित्रकला उपहार दिएका छन् ।
तीन दिने भारत भ्रमणमा रहेको देउवालाई मोदीले हिमाञ्चल प्रदेशको परम्परागत ‘पहारी स्कुल’ नामक लघु चित्रकला उपहार दिएका हुन् ।
चित्रकलामा राजा र रानी आफ्नो महलमा प्रेमालाप गर्दै गरेको संकेत गरिएको छ ।
