२८ जेठ २०८३, बिहीबार

उर्जा विकासमा नेपालको तयारी कमजोर’

उर्जा विकासमा नेपालको तयारी कमजोर’

ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाईड्रो एक्सपोका विभिन्न सत्रहरुमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्वपूर्ण सुझाव दिएका छन् । तीनदिने एक्सपोको पहिलो दिन का तीन विभिन्न सत्रमा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय सरोकारवालाले नयाँ प्रविधि उपयोगितादेखि नीतिगत व्यवस्थामा सुझाव दिएका हुन् ।

नेपालले हालसम्म खासै नीतिगत व्यवस्था गर्न नसकेको हाईड्रोजन उत्पादनका क्षेत्रलाई नयाँ ढँगले व्यवस्थित गर्न सुझाइएको छ । बेलायत सरकारको  डिपार्टमेन्ट फर इन्टरनेसनल ट्रेडको नविकरणीय ऊर्जाका वरिष्ठ सल्लाहकार मिलिन्द गोडबोले नेपालमा जलविद्युत आयोजना प्रवद्र्धकहरुलाई आफैं हाईड्रोजनको व्यवसायिक उत्पादनमा सकृयता देखाउन आग्रह गरे । विश्वमा खनिज इन्धनबाट हाईड्रोजन उत्पादन भइरहेको तर त्यो प्रवृतिलाई नेपालले विद्युत्को प्रयोगबाट उत्पादन गरेर व्यवसायक निर्यातसमेत गर्न सकिने अवसर रहेको औँल्याए ।

‘जलविद्युत् प्रवर्द्धकले हाईड्रोजन उत्पादनलाई विकल्पभन्दा पनि जलविद्युत् प्रणालीमै अन्तरआवद्ध गर्ने अवसर छ,’ उनले भने, ‘वर्षातको बढी भएको विजुली हाइड्रोजन बनाउन खपत गर्दा बहुआयामिक लाभ हुनेछ’ । 
नेपालमा धेरै सिमेन्ट उद्योग र स्टील उद्योग भएकाले उनीहरुले हरित हाईड्रोजन प्रतिक्षा गरिरहेको उनले उल्लेख गरे । औद्योगिक खपतको सम्भावना भएको भन्दै इलोक्टोलाईजरबाट हाईजन उत्पादन गर्न सक्दा कार्वन उत्सर्जन कम गरेर नेपालले लाभ ग्रहण गर्न सक्ने उनको भनाई थियो । उनले जलविद्युत् मात्रै नभएर सौर्य ऊर्जालाई पनि इलेक्ट्रोलाईसिस पद्धतिमा खपत गरेर हाईड्रोजन उत्पादन गर्ने अवसर रहेको उल्लेख गरेका थिए । 
ग्रिन फाइनान्सको अवधारणालाई यसमा आवद्ध गर्दा वित्तीय लगानी प्राप्त हुने अवसर रहेको पनि उनले औँल्याएका थिए ।​
जलविद्युत्मा नयाँ प्राविधिसम्बन्धी सत्रमा कार्यपत्र कार्यपत्र प्रस्तुत गर्दै जर्मन कम्पनी फिचन हाईड्रोपावरका वरिष्ठ अधिकारी निकोलस इप्थाईमोले हिमालयन क्षेत्रका जलविद्युत् आयोजनामा सेडिमेन्ट व्यवस्थापन भरपर्दो बनाउन चुस्त इन्जिनियरिङ र अवलोकनमा बढी ध्यान दिनुपर्ने सुझाव प्रवर्दकलाई दिए । 

कार्यक्रममा स्टयान टेकका राष्ट्रिय व्यवस्थापक मनोज भट्टराईले जलविद्युुतका क्षेत्रका नयाँ प्रविधिबारे अवगत गराउनु् भएको थियो । उनले ग्रिन हाईड्रोजन पम्प स्टोरेज र सौर्य ऊर्जालाई समिश्रित रुपमा कसरी विकास गर्न सकिन्छ भन्नेमा धारणा राख्नु भएको थियो । 
एसएमइसी (स्मेक)की निर्देशक निता अरोराले नेपालमा २ हजारभन्दा बढी पम्पस्टोरेज बनाउन सकिने उल्लेख गरिन् ।  नेपालमा हालसम्म यस्ता आयोजना बनेका छैनन् । नेपाल विद्युत् प्राधिकरणले कुलेखानीमा यस्तो आयोजना बनाउन तयारी गरिरहेको छ । 

ऊर्जा को क्षेत्रीय बजारविस्तार सम्बन्धी तेश्रो सत्रका सहभागीले भने क्षेत्रीय विद्युुत् व्यापारका लागि नेपाल नीतिगत तथा पूर्वाधारका हिसावले नै अझै कमजोर रहेको औंल्याएका थिए । 
भारतीय उद्योग परिसंघका ऊर्जा सुरक्षा प्रमुख भुपेन्द्र कुमार सिंहले दक्षिण एसियामा उर्जा साझेदारीको उच्च सम्भावना रहेको औंल्याए । 

salt training

कमेन्ट गर्नुहोस्