०७ असार २०८३, आइतबार

पाकिस्तानी प्रधानमन्त्रीले गरे प्रदर्शनको आग्रह

चैत १९, २०७८
पाकिस्तानी प्रधानमन्त्रीले गरे प्रदर्शनको आग्रह

राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडि राष्ट्रव्यापी विरोधमा उत्रन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार आग्रह गरेका छन् । 

संसदमा अविस्वासको प्रस्तावमाथिका प्रश्नहरूको सञ्चारकर्मीसँग उत्तर दिँदै प्रधानमन्त्री खानले पाकिस्तानका जनतालाई शनिबार र आइतबार आफ्नो पक्षमा समर्थन जनाउन आफ्नो विवेक प्रयोग गरी सडकमा उत्रन आग्रह गरेका हुन्  । 

विपक्षले खानविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिएका छन् ।

“यस्ता कुराहरू भइरहेको अर्को देश भएको भए मानिसहरू सडकमा उत्रिनिे थिए । म तपाईंहरू सबैलाई आज र भोलि सडकमा उत्रन र राष्ट्रभक्ति दर्शाउन आह्वान गर्दछु ।” उनले भने, “तपाइहरूले यो राष्ट्रको हितको निम्ति आन्दोलित हुनुपर्छ ।” 

उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरुले गरेको षडयन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताए ।

खानले प्रतिपक्षी दलका नेताहरुले आफूहरुविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिन सडकमा अविस्वासको मतविरूद्ध आन्दोलित हुन आग्रह गरे । 

खानमाथिको अविस्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान  हुने कार्यक्रम तय भएको छ । 


 

कमेन्ट गर्नुहोस्