२८ जेठ २०८३, बिहीबार

मुग्लिन–नारायणगढ सडक: पुल निर्माण सुस्त

चैत २०, २०७८
मुग्लिन–नारायणगढ सडक: पुल निर्माण सुस्त
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

मुग्लिन–नारायणगढ  सडकखण्डमा  निर्माण  हुनुपर्ने १५ वटा पुलमध्ये दुईटा पुलको काम आठ महिना बाँकी हुँदा पनि शुरू भएको छैन ।

दुई वर्षअघि यस सडकखण्डमा १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

आउँदो मङ्सिर महिनाभित्र निर्माण  सम्पन्न  गर्ने  सम्झौता  भए  पनि मुग्लिन  नजिकको  खहरे  खोला  र  तुइन खोलाको  पुलको  निर्माण  कार्य  नै  शुरू नभएको नारायणगढ–मुग्लिन, नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए ।

खहरे  खोलामा  निर्माण  हुने  पुलको नजिकै  रहेको  बस्ती  हटाउन  क्षतिपूर्ति रकम   अभावका   कारण   काम   गर्न नसकिएको   आयोजना   प्रमुख   कार्की बताउँछन् ।

 पुल  निर्माण  गर्ने  स्थानमा केही घर टहराहरू छन् । उनले भने, उनीहरूलाई  त्यहाँबाट  हटाउनका  लागि क्षतिपूर्ति  रकम  माग  गरेका  छौँ,  त्यो रकमका लागि एक वर्षअगाडिदेखि पहल गरे पनि बजेट पाउन सकेका छैनौँ । गोरखापत्र दैनिकमा शालिग्राम नेपालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्