२२ जेठ २०८३, शुक्रबार

धिमाल जातिले परापूर्वकालदेखि दैनिक प्रयोगमा ल्याइरहेको खानालाई प्रवर्द्धन गर्न महोत्सव

धिमाल जातिले परापूर्वकालदेखि दैनिक प्रयोगमा ल्याइरहेको खानालाई प्रवर्द्धन गर्न महोत्सव

प्रदेश नं. १ प्रमुख परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन गरेका छन् । चिचिरी–गेन्द्रो दिवसलाई धिमाल खाना महोत्सवको सांकेतिक अर्थ लगाइएको छ । 
उर्लाबारी नगरपालिका ३, मंगलबारेस्थित धिमाल परियोजना स्थलमा उद्घाटन गरिएको चिचिरी–गेन्द्रोमा धिमाल जातिले परापूर्वकालदेखि दैनिक प्रयोगमा ल्याइरहेको खानालाई प्रवद्र्धन गर्नको लागि महोत्सव गरिएको धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष केदार धिमालले जानकारी दिए । 

धिमाल जातिले चामलबाट पकाएर बनाइने खानालाई चिचिरी र चामलको पिठोबाट बनाइने गेन्द्रो भनिन्छ । अन्यभन्दा विशेष भएकोले धिमाल जातिले फुड फेस्टिभलको नाम नै चिचिरी–गेन्द्रो राखेको हो । 

चिचिरी–गेन्द्रोको उद्घाटन गर्दै खापुङले यस्ता फेस्टिभलले नेपालभित्रको नेपाली मौलिकतालाई विश्वभर पु¥याउन सकिने बताए ।  फुड फेस्टिभल धिमाल जातिका २० प्रकारका खाना स्टल राखिएका थिए । त्यसैगरी धिमाल कलाकारहरूद्वारा विभिन्न प्रस्तुति पनि दिएका छन् । शनिबार एक दिन महात्सव चलेको हो।  
 

salt training

कमेन्ट गर्नुहोस्