३० जेठ २०८३, शनिबार

आज देशका यी स्थानमा वर्षाकाे सम्भावना

आज देशका यी स्थानमा वर्षाकाे सम्भावना

भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालको मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।  

यसैगरी दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 

साेमबार प्रदेश १ काे पहाडी भूभागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्