०४ साउन २०८३, सोमबार

पाकिस्तानः इमरान खानविरुद्धको अविश्वास प्रतावमा आज मतदान

चैत २०, २०७८
पाकिस्तानः इमरान खानविरुद्धको अविश्वास प्रतावमा आज मतदान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावको टुंगो आइतबार लाग्दैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुने भएको हो  । अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछन् । 

३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफले बहुमत गुमाएको थियो । गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए । 

प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने बरु संघर्ष गरिरहने बताएका थिए । उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपील गर्दै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्