११ असार २०८३, बिहीबार

पाकिस्तानमा रोचक राजनीतिक घटनाक्रम, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज

चैत २०, २०७८
पाकिस्तानमा रोचक राजनीतिक घटनाक्रम, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज

पाकिस्तानी संसद् नेसनल असेम्बलीमा आइतवार ठूलो उलटफेर भएको छ । 

उपसभामुखले विदेशी षड्यन्त्रको आरोप लगाएर संविधानको धारा ५ लाई टेक्दै प्रधानमन्त्री इमरान खानविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव खारेज गरिदिएका छन् । 

त्यसका साथै संसद् अप्रिल २५ सम्मका लागि स्थगित गरिएको छ । 

सभामुख असद कैसरले इमरान खानको पक्षमा फैसला गर्लान्् भनी विपक्षी दलहरूले उनका विरुद्ध पनि अविश्वास प्रस्तावको नोटिसि दिएको भए पनि उपसभामुखले इमरान खान सरकारलाई राहत दिलाएका छन् । 

यससँग राजधानी इस्लामाबादमा कर्फ्यु लगाइएको छ । 

आफूलाई अमेरिकाले पदबाट हटाउन खोजेको आरोप इमरान खानले लगाउँदै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्