
इंग्ल्यान्डको राजधानी लन्डनमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफमाथि आक्रमण भएको छ ।
अज्ञात व्यक्तिले नवाजको कार्यालय नजिक पुगेर उनीमाथि फोन प्रहार गरेको थियो । आक्रमणमा नवाजका अंगरक्षक घाइते भएका छन् ।
नवाजकी छोरी मरियमले पाकिस्तानका बहालवाला प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफलाई जिम्मेवार ठहर गरेको छ ।
मरियमले ट्वीट गर्दै हिंसाको सहारा लिने तथा कानून उल्लंघन गर्ने पीटीआईका मानिसलाई पक्राउ गर्नुपर्ने बताइन् । इमरान खानलाई देशद्रोहका लागि समात्नुपर्ने पनि उनको भनाइ छ । कसैलाई पनि माफ दिन नहुने उनले लेखिन् ।
इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा मतदना हुनुभन्दा एक दिनअघि नवाजमाथि आक्रमण गरिएको हो । पाकिस्तानी संसद्का उपसभामुखले अविश्वास प्रस्ताव संविधानको धारा ५ विपरीत रहेको भन्दै खारेज गरिदिएपछि इमरान खानलाई राहत मिलेको छ ।