२२ जेठ २०८३, शुक्रबार

स्टार्टअप एण्ड आइडिया फेष्ट–२०२२ मा एनआइबीएल एस क्यापिटलको सहभागिता

स्टार्टअप एण्ड आइडिया फेष्ट–२०२२ मा एनआइबीएल एस क्यापिटलको सहभागिता

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आज (आइतवार)देखि शुरू भएको छ ।

लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा सो कार्यक्रम आयोजना गरेको हो । 

डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरूलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना शुरू गरिएको आयोजकले जनाएको छ । 

आज गण्डकी प्रदेशबाट  आरम्भ भएको यो कार्यक्रममा एनआइबीएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । 

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआईबीएल एसले यस कार्यक्रममा सहभागीहरूलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत् नविनतम योजना र सोचहरूलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताइएको छ । 

एनआईबीएल एसले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन,व्यवसायको सम्भाव्यता अध्ययन गर्ने,पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरूमा उचित परामर्श प्रदान गर्दै आएको लिमिटेडले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्