३० असार २०८३, मंगलबार

पेट्रोलियम चालक संघले पनि स्थगित गर्‍यो आन्दोलन, अब सहज होला आपूर्ति ?

पेट्रोलियम चालक संघले पनि स्थगित गर्‍यो आन्दोलन, अब सहज होला आपूर्ति ?

नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता गरेको छ ।

नेपाल आयल निगम, डिपो प्रमुख, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र चालकहरूबीच सहमति भएपछि उनीहरूले आन्दोलन फिर्ता लिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले लोकान्तरलाई जानकारी दिए ।

नेपाल आयल निगमका कार्यवाहक महाप्रबन्धक वीरेन्द्र गोइत, प्रवक्ता विनितमणि उपाध्याय, डिपो प्रमुख सैलेन्द्र भुसाल, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका सचिव विष्णु कुमार खड्का र नेपाल पेट्रोलियम चालक संघ केन्द्रीय अध्यक्ष ईश्वर लामासहितको वार्तापछि सहमति भएको हो ।

शनिवार मात्रै आयल निगम र व्यवसायीहरूबीच सहमति भएको थियो । 

प्रवक्ता उपाध्यायले अब आपूर्ति सहज हुने विश्वास व्यक्त गरे । 

शनिवार नै निगमले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिसँग सहमति गरेको थियो । आइतवार आपूर्ति सहज हुने भनिएपनि सहज हुन भने सकेको थिएन । 

तर अब भने आपूर्ति सहज हुने निगमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्