०३ असार २०८३, बुधबार

नेप्से परिसूचक ३१ अंकले ओरालो

नेप्से परिसूचक ३१ अंकले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अंकले ओरालो लागेको छ ।

शेयर कारोबार हुने हप्ताको पहिलो दिनमा नेप्से ३०.८९ अंकले ओरालो लागेर २ हजार ५१३.४१ विन्दुमा सीमित भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४४ अंकले ओरालो लागेर ४६९.०३ मा सीमित भएको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिएको छ ।

कूल २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतवार सामूहिक लगानी कोषको शेयर मूल्यमा कुनै घटबढ नभए पनि १२ उपसमूहको शेयर भने ओरालो लाग्यो । 

बैंकिङ ८.३८, व्यापार २८.९३, होटल तथा पर्यटन २३.८६, विकास बैंक ५५.८६, जलविद्युत् ३९.०४, वित्त ३०.६२, निर्जीवन बीमा १७४.६१, उत्पादन ४९.७९, अन्य ६४.१५, लघुवित्त ६८.१९, जीवन बीमा २१६.९९ र लगानी १.२३ अंकले ओरालो लागेका छन् । नेप्सेका अनुसार आइतवारको कारोबारपछि बजार पुँजीकरण ३५ खर्ब ६८ अर्ब ४१ करोड १७ लाख ८५ हजार ८९२ बराबर रहेको छ । 

कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ९ करोड ७२ लाख ५१ हजार २६९ बराबर भयो । सिद्धार्थ इन्स्योरेन्स ५ करोड १ लाख २९ हजार १७५, नबिल बैंक ४ करोड २४ लाख १३ हजार ४३८, नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ११ लाख २२ हजार ९५३ र लाइफ इन्स्योरेन्स कर्पोरेसन ३ करोड ८७ लाख ७७ हजार १३८ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।  

नेप्सेका अनुसार कारोबार भएकामध्ये आइतवार ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड र नेष्डो समृद्धि लघुवित्त छन् । 

जाल सामुदायिक लघुवित्त ४.०१  र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २.४९ प्रतिशतले कमाएका छन् । 

युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.०२, सूर्य लाइफ इन्स्योरेन्स ५.०१, सामलिङ पावर कम्पनी ४.३५, हिमालयन ऊर्जा विकास कम्पनी ४.२३ र नेपाल दूरसञ्चार कम्पनीको शेयरधनीले ४.१९ प्रतिशतले गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्