०६ असार २०८३, शनिबार

बुटवलमा ढुवानी ग्राम सञ्चालन

बुटवलमा ढुवानी ग्राम सञ्चालन

रूपन्देहीको बुटवलमा ढुवानी ग्राम सञ्चालनमा आएको छ ।

बुटवल उपमहानगरपालिका–१२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण भएको छ ।

उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालनमा ल्याएको ढुवानी ग्रामको आइतवार एमाले सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरे । 

सो अवसरमा बोल्दै विश्वकर्माले बुटवलमा विकासका कामहरू धेरै भएको बताए । बुटवलको व्यस्त शहरी क्षेत्रमा हेभीलोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानी ग्राम बनाएको हो ।

सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजना अनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा उपमहानगरले ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो । मुलुकको आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमूना ढुवानी ग्राम निर्माण गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

बुटवल उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नम्बर १२ ढवाहस्थित भैरहवा टोलमा रहेको ३ विगाहा क्षेत्रमाफलमा सार्वजनिक निजी साझेदारीको करीब ३७ करोड लागतमा ढुवानीग्राम निर्माण भएको हो । ‘शहरमा ट्राफिक चाप बढाउने र अव्यवस्थित तवरले सञ्चालनमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने, एकै ठाउँबाटहेवी लोडका गाडी अनलोड गराउने गरी अलग्गै ढुवानीग्राम निर्माणको अवधारणा बनाएका हौं,’ प्रमुख सुवेदीले भने, ‘निजी क्षेत्र (ढुवानीग्राममा संलग्न व्यवसायीहरू) को समेत साझेदारीमा शुरू भएको योजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।’

हेभीलोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएपछि अब व्यवस्त शहरको ट्राफिक चाप कम हुने भएको छ । ठूला र भारबहन ढुवानीका साधनहरूको आवतजावतले बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा बजारदेखि टाढा रहेको क्षेत्रमा व्यवस्थित ढुवानीग्राम निर्माण भएपछि शहरी सौन्दर्यतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा मुलुकमै पहिलो नमूनाको रूपमा रहेको ढुवानीग्राम बुटवलको गौरवको योजना हो । सार्वजनिक–निजी साझेदारीमा यसप्रकारको अलग्गै ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उपमहानगरको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्