
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जीत निकालेको छ ।
आइतवार राति भएको खेलमा टोटेनहमले न्युकासल युनाईटेडलाई ५-१ गोल अन्तरले हराएको हो ।
टोटेनहमले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
जीतसँगै टोटेनहमले ३० खेलमा ५४ अंक जोडेको छ ।
टोटेनहम चौंथो स्थानमा रहेको छ ।
न्युकासल ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै वेस्ट ह्याम युनाईटेडले एभर्टनलाई २-१ ले हराएको छ ।