
दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्टा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ।
त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्बाङ खोलामा गए राति आएको बाढीले पक्की पुलको ढलानका लागि तयार पारिएको संरचना बगाएकोछ।
स्याङ्जा क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गोरखापत्रमा खबर छ ।