०६ असार २०८३, शनिबार

डाक्टर हत्याको आरोपमा आठ जनालाई प्रहरीले समात्यो

चैत २२, २०७८
डाक्टर हत्याको आरोपमा आठ जनालाई प्रहरीले समात्यो

 विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत मेडिकल अफिसर डा विजय यादवको हत्या आशङ्कामा आठ जना पक्राउ परेका छन् । गत शनिबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई नोवेलमा कार्यरत डा यादव डेरा बसेको घरको गेटमा मृत फेला परेपछि प्रहरीले हत्याको आशङ्कामा अनुसन्धान गर्ने क्रममा आठ जनालाई पक्राउ गरेको हो।

 यस क्रममा शुक्रबार राति अबेरसम्म डा यादवसँगै मदिरा सेवन गर्ने दुई जनासहित आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्