
राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ । बोर्डले गएको वर्षपनि अनलाइनबाट प्रश्नपत्र पठाएको थियो । त्यसमा कुनै समस्या नभएको र सहज रुपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्यांकन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय भएको हो ।
बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गर्दै इन्टरनेट, विद्युत, इन्भर्टर वा जेनेरेटरको सुविधा, प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको खबर नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखका छन् ।