३२ असार २०८३, बिहीबार

नेप्से ४६ अंकले घट्दा राष्ट्रउत्थान र नेस्डोको शेयर मूल्यमा सर्किट

नेप्से ४६ अंकले घट्दा राष्ट्रउत्थान र नेस्डोको शेयर मूल्यमा सर्किट

शेयर बजार मापक सूचक नेप्से मंगलवार ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा आइपुगेको छ । 

शेयर बजार उल्लेख्य अंकमा घटेको भए पनि दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । 

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । 

जाल्पा सामुदायिक लघुवित्त, युनिलिभर नेपालसहितका लगानीकर्ताले पनि ३.२३ प्रतिशतदेखि ६.०७ प्रतिशतसम्मले कमाएका छन् । 

आज २२८ कम्पनीको ५८ लाख कित्ता शेयरको ४५ हजार ८ सय पटक कारोवार भएको छ । यसबाट २ अर्ब ६७ करोड रूपैयाँको कारोवार भएको छ । आज भएको कारोवारमा हिमालयन डिस्ट्रिलरीको सबैभन्दा बढी ९ करोड ६७ लाख रूपैयाँको शेयर कारोवार भएको छ । आज सबैभन्दा बढी पटक भने नबिल बैंकको १५ सय ७८ पटक कारोबार भएको छ । 

आज बजार घटेसँगै सबैभन्दा बढी गुमाउनेमा भने इमर्जिङ नेपालका लगानीकर्ता छन् । यसका लगानीकर्ताले १० प्रतिशतले गुमाएका कारण यसको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर, जनरल इस्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनीसहितका लगानीकर्ताले भने ४.७० देखि ६.३७ प्रतिशतसम्मले गुमाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्