
ललितपुरबाट सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् । नापी कार्यालय चावहिल अन्तरगतको १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाशराज भट्ट १ लाख घूससहित पक्राउ परेका हुन् ।
जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।