०७ साउन २०८३, बिहीबार

बेलायती क्रिकेट क्लबमा नेपालीले पाए प्रशिक्षकको जिम्मेवारी

बेलायती क्रिकेट क्लबमा नेपालीले पाए प्रशिक्षकको जिम्मेवारी

बेलायतको एक  क्रिकेट क्लबमा नेपालीले प्रशिक्षकको रुपमा नियुक्ति पाएका छन् । 

योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले मंगलवार एक विज्ञप्ति जारी गर्दै ३२ वर्षिया आकाश रावललाई अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्ती गरेको घोषणा गरेको हो । 

डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ । 

नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । 

उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट योङ प्लेयर अफ दी इयरको टाइटल जितेका थिए ।  

उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल  हात पारेका थिए । 

उनले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्