०८ असार २०८३, सोमबार

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन् ।

कोष सञ्चालक परिषद्को यही चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथको नाममा रहेका जग्गा पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, पशुपतिनाथ भण्डार तहबिल कार्यालय र  पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् । तीनै कार्यालयको लगतमा रहेका तर दर्ता नभएका जग्गा अब कोष सञ्चालक परिषद्को निर्णयअनुसार मात्र दर्ता हुनेछन् ।

पशुपतिनाथको गुठीले समेत चिनिने यी जग्गा दर्ता गर्ने विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग, नापी विभाग र मालपोत कार्यालयमा समेत पत्राचार गरी जानकारी गराइएको थापाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्