२३ असार २०८३, मंगलबार

मधेश फकाउँदै ओली

चैत २३, २०७८
मधेश फकाउँदै ओली

मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मंगलबार एमालेले आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरूको मात्रै वर्णन गरेर मधेसलाई फकाउने कोसिस गरे।

विपक्षी दल र सरकार चर्को आलोचनाभन्दा पनि उनले सम्बोधनको अधिकांश समय ,मधेस र मधेसीका लागि विगतमा आफ्नो सरकारले गरेका कामहरूको वर्णनमै खर्चे ।

मधेसी जनतालाई भ्रममा पारेका केही नेताहरूले आफूलाई मधेसी विरोधी भनेर मिथ्या हल्ला चलाएको भए पनि आफू सदैव मधेस र मधेसीको पक्षमा भएको जिकिर ओलीले गरे।

ओलीले भने, 'म आफै मधेसको मान्छे हुँ। ६० वर्षसम्म मधेसमै बसेको मान्छे हुँ। मधेसमा मैले हलो जोतेको छु, खेतमा पैनी (कुलो) को पानी लगाएको छु। भैँसीमा चढेर वस्तुभाउ चराएको छ।'

मधेस विरोधी भन्नेहरूले भन्दै गरे तर आफूले मधेसको विकासमा काम गर्दै गरेको उनले सुनाए। भने, 'तराई मधेसका बाटोघाटो फराकिलो र चिल्लो पार्ने मै, हुलाकी सडक बनाउने मै, अनि मधेस विरोधी म कसरी भएँ ?' अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्