२१ असार २०८३, आइतबार

अमेरिका बेलायत र अस्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र बनाउन सहकार्य गर्ने

चैत २३, २०७८
अमेरिका बेलायत र अस्ट्रेलियाले हाइपरसोनिक क्षेप्यास्त्र बनाउन सहकार्य गर्ने

अमेरिका, बेलायत र अस्ट्रेलियाले हाइपरसोनिक हतियार तथा विद्युतीय युद्ध क्षमता विकसित गर्नका लागि सहकार्य गर्ने घोषणा मंगलवार गरेका छन् । 

गत सेप्टेम्बर महिनामा गठन गरिएको अकस गठबन्धनअन्तर्गत यो घोषणा गरिएको हो । अमेरिकाका राष्ट्रपति जो बाइडन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हतियार विकास सहकार्यको घोषणा गरेका हुन् ।

उनीहरूको संयुक्त विज्ञप्तिमा उल्ले गरिएअनुसार, तीनै देश हाइपरसोनिक र काउन्टर हाइपरसोनिक तथा विद्युतीय युद्ध क्षमतामा नयाँ त्रिपक्षीय सहकार्य शुरू गर्न तथा सूचना आदानप्रदान र रक्षा प्रवर्तनमा सहकार्य गहिरो बनाउन प्रतिबद्ध छन् । 

प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य प्रभावका कारण अमेरिका र उसका साझेदारहरू चिन्तित बन्दै साझेदारी गरिरहेका छन् । 

हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको भन्दा पाँचगुणा गतिमा उड्न सक्छ । ब्यालिस्टिक क्षेप्यास्त्र जस्तै यसले पनि आणविक हतियार बोक्न सक्छ । 

तर ब्यालिस्टिक क्षेप्यास्त्र भन्दा फरक रूपमा हाइपरसोनिक क्षेप्यास्त्र होचो ट्राजेक्टोरीमा उडेर तारोमा छिटो पुग्न सक्छ । 

हाइपरसोनिक क्षेप्यास्त्र मनुभर पनि गर्न मिल्ने भएकाले त्यसलाई ट्य्राक र त्यसबाट प्रतिरक्षा गर्न निकै गाह्रो हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्