२४ असार २०८३, बुधबार

इडिट सिलम्यानले राजीनामा दिएपछि इजरायल सरकार अल्पमतमा

चैत २३, २०७८
इडिट सिलम्यानले राजीनामा दिएपछि इजरायल सरकार अल्पमतमा

इजरायलको सत्तारूढ गठबन्धनकी अध्यक्ष इडिट सिलम्यानले पदबाट राजीनामा दिएपछि सरकार अल्पमतमा परेको छ । 

इजरायली संसद् नेसेटमा नेफ्ताली बेनेटको सरकार जम्मा एक मतको झिनो अन्तरले बहुमतमा छ ।

स्वास्थ्यमन्त्री नित्जान होरोविजले यहुदीहरूको पवित्र चाड पासओभरमा शुद्ध खाना (कोशर) अस्पतालमा ल्याउन अनिवार्य नरहेको भनी निर्देशन दिएपछि आक्रोशित भएर सिलम्यानले राजीनामा दिएकी हुन् ।

सिलम्यानले राजीनामा दिएपछि सत्तारूढ गठबन्धनसँग जम्मा ६० सांसद छन् र उसको बहुमत गुमेको छ । 

यस राजीनामाले प्रधानमन्त्री नेफ्ताली बेनेटलाई आश्चर्यमा पारेको छ । उनले सिलम्यानलाई फोनमा सम्पर्क गर्न समेत पाएनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्