
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले घटेर ९८ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार छ । यसको मूल्य मंगलवार प्रतितोला ९८ हजार ३०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले घटेर एक हजार ३३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।