१४ असार २०८३, आइतबार

भारतलाई थप ३२५ मेगावाट विजुली बेच्न नेपालले पायो अनुमति

भारतलाई थप ३२५ मेगावाट विजुली बेच्न नेपालले पायो अनुमति

नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । 

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो ।

यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न स्वीकृति दिएको थियो ।

योसँगै नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्न प्रवेश पाउने भएको छ ।

 नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्