
एनएमबि बैंकले नरहा–३, सिरहामा रहेको हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ ।
हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवध किशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरू मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायतको उपस्थितिमा आयोजित एक कार्यक्रमबीच गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको हो ।
उक्त काउण्टरको स्थापना पूर्वनै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ ।
उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता पनि गरिसकेको बैंकले जनाएको छ ।