
अफगानिस्तानको राजधानी काबुलको सबभन्दा विशाल मस्जिदमा बुधवार अपराह्न प्रार्थना चलिरहेको बेलामा कसैले हाते ग्रिनेड फालेपछि विस्फोट भएर कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले बताएका छन् ।
पुल–ए–खिश्ती मस्जिदमा आक्रमणपछि एकजनालाई प्रहरीले हिरासतमा लिएको छ ।
कुनै समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छैन ।
अठारौं शताब्दीमा बनाइएको यो मस्जिद शहरको घना बस्तीको बीचमा छ ।
तालिबानले गत अगस्ट महिनामा सत्ता हात पारेको भए पनि देशमा हत्याहिंसा रोकिएको छैन । इस्लामिक स्टेटले तालिबान र नागरिकहरूमाथि आक्रमण कायम राखेको छ ।