०७ असार २०८३, आइतबार

३ जना शिक्षकविरुद्ध यौन दुर्व्यवहारको आरोप, प्रहरी कार्यालयमा विद्यालयको पत्र

३ जना शिक्षकविरुद्ध यौन दुर्व्यवहारको आरोप, प्रहरी कार्यालयमा विद्यालयको पत्र

मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा रहेको जनता माध्यमिक विद्यालयका ३ जना शिक्षकविरुद्व यौन दुव्र्यवहारको आरोपपछि ईलाका प्रहरी कार्यालय फापरबारीमा घटनाको सत्यतथ्य छानविन गर्न भन्दै विद्यालयले पत्र बुझाएको छ । बुधबार स्थानीय राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, सहित बसेको बैठकले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घटनाका सत्यतथ्य छानविन गर्न भन्दै ईलाका प्रहरी कार्यालय फापरबारीमा पत्र बुझाएको प्रधानाध्यापक बसन्तराज राईले बताए । 

इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले विद्यालयको पत्र प्राप्त भएको  बताए । किटानी जाहरी नरहेकाले बिहीबार अभिभावक बोलाएर थप कुरा बुझ्ने उनले बताए ।  उनले भने, ‘पीडित पक्षबाट उजुरी आएका अवस्था छैन । उजुरी विनै पक्राउ गर्न मिल्दैन । भोलि विद्यालयको पीडित भनिएको छात्राहरुको अभिभावक बोलाएर थप कुरा बुझ्छौ र त्यही अनुसार जिल्ला प्रहरी कार्यालयसँग समवन्य गरेर अघि बढ्छौँ ।’

विद्यार्थीहरुले विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाएका थिए । उनीहरुले विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकविरुद्ध विद्यालयमा चैतको १४  निवेदन दिएका थिए  ।  विद्यार्थीहरुको निवेदन उपर शिक्षकहरुलाई  कुनैपनि कारवाही  नभएको भन्दै कारवाहीको मागसहित हिजो विद्यालयमा तोडफोडका साथै तालाबन्दी  गरेका थिए ।    

कमेन्ट गर्नुहोस्