१० असार २०८३, बुधबार

सर्लाहीमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

चैत २४, २०७८
सर्लाहीमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

सर्लाही  सदरमुकाम  मलङ्गवामा  बुधबार    साँझ  गोली  चल्दा  एक  भारतीय युवकको  मृत्यु भएको  छ ।

सदरमुकाम  मलङ्गवा    नगरपालिका–८, स्थित  ओम  पेट्रोल  पम्प  नजिकै   अज्ञात  व्यक्तिले  प्रहार   गरेको   गोली  लागेर   भारत  विसनपुर आधार  पञ्चायत घर  भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु   भएको    हो   ।

महतो माथि   बुधबार  साँझ  ७ः३०  बजे तिर   गोली  प्रहार  भएको   स्थानीय प्रत्यक्षदर्शीले  बताएका छन् ।  

घाइते  महतोलाई     उपचारका     लागि मलङ्गवास्थित   प्रादेशिक   अस्पताल   ल्याउँदा चिकित्सकले     मृत    घोषणा    गरेका    प्रहरीले  जनाएको  छ ।

महतोलाई  बीआर    ३०  ए  ८५४५  नम्बरको    मोटरसाइकलमा    भारततर्फबाट    आउँदै     गर्दा मोटरसाइकलमै    आइरहेका   अज्ञात   व्यक्तिहरूले  गोली  प्रहार   गरेर   फरार   भएका  छन्  ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्