१५ असार २०८३, सोमबार

जुम्लामा छोरीको  नाममा २ हजारभन्दा बढी  बैंक खाता

चैत २४, २०७८
जुम्लामा छोरीको  नाममा  २ हजारभन्दा बढी  बैंक खाता

कर्णाली  प्रदेश  सरकारले  सञ्चालन  गरेको   'बैङ्क  खाता  छोरीको   सुरक्षा जीवनभरिको ’       कार्यक्रममा     जुम्लाका     दुई हजारभन्दा   बढी   छोरीको    नाममा   बैङ्क   खाता सञ्चालन  गरिएको    छ  ।

 यसमा  २०७६  साल  साउन  १  गते  पछि  जन्मिएका  जुम्लाका  दुई  हजार    २६५   जना   छोरीको    बैङ्क   खाता समेटिएको   हो   ।

सामाजिक विकास कार्यालय जुम्लाका    प्रमुख    तुलाराज चौलागाईंले  बालविवाह न्यूनीकरण   गर्न,  छोरीलाई उच्च  शिक्षाको   पहुँचमा पुर्‍याउन,  आर्थिक,  सामाजिक,  स्वास्थ्यलगायत उनीहरूको  चौतर्फी विकास गर्न कर्णाली प्रदेश सरकारले  यो कार्यक्रम   लागू   गरेको  बताए   । गोरखापत्र दैनिकमा  खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्