
आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लक्का जवान’ यही बैशाख २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
ध्रुव वन्तको प्रस्तुति, अनुसुया श्रेष्ठ वन्तको निर्माण र कार्याकारी निर्माता किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी रहेको चलचित्रमा सरोज खनाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, ओजस्वी थापा, स्वर्गीय जयनन्द लामा, मनिषा श्रेष्ठ, अनुपमा भण्डारी, सविता गुरुङ लगायतको अभिनय छ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ विशेष भूमिकामा देखिने छन् । अन्नपूर्ण पोस्टमा रीता थापाले खबर लेखेकी छन् ।