
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको सिफल स्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैकिङसम्बन्धी जानकारी गराई डिजिटल बैकिङका प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले बुधवार सो कार्यक्रम संचालन गरिएको थियो ।
क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल बैंक लिमिटेडका मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, नेपाल बैंक चाबहिल शाखाका शाखा प्रबन्धक द्वारीका घोरासैनी लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरू सहभागि भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ प्रविधिहरू, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख नेपालले ब्रिलियन्ट क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरि डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिंदै बिद्यार्थीहरूले यस कार्यक्रमबाट बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त भएको थियो ।