×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

बैंकबाट प्रवाह हुने कर्जाको सीमा घटाउन सुझाव, चैतमा १० अर्ब निक्षेप थपियो

चैत २४, २०७८

NTC
Premier Steels

लोकान्तर राउण्ड अपमा पाठकवृन्दलाई स्वागत छ । अरु दिनझैँ हामी पनि हामी २४ घण्टाको प्रमुख समाचारसहित नियमित प्रस्तुति लिएर आएका छौँ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कम्तीमा आगामी असार मसान्तसम्म सवारीसाधनमा रोक लगाउनुपर्नेसहितका १५ बुँदे सुझाव दिएको छ । सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेर इन्धनको खपत घटाउने, सातामा २ दिन बिदा दिने, विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्ने, बैंकबाट प्रवाह हुने कर्जाको सीमा घटाउनेसहितको सुझाव दिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले ग्यासमा दिएको अनुदान हटाउन पनि सुझाव दिएको छ । सरकारले ग्यासमा अनुदान दिएकै कारण उपभोक्ताले आयल निगमको लागत मूल्य भन्दा कममा ग्यास प्रयोग गर्न पाएका छन् । हाल ग्यासको मूल्य प्रतिसिलिण्डर १६ सय रूपैयाँ छ ।


Advertisment
Nabil box
Kumari

अनुदान हटाउने हो भने ग्यासमा भएको प्रतिसिलिण्डर ९३२ रूपैयाँ थप भएर ग्यासको भाउ प्रतिसिलिण्डर २५ सय ३२ रूपैयाँ पुग्ने छ । ग्यासको अनुदान हटाएपछि विद्युत सस्तो पर्ने र उपभोक्ताले ग्यास कम खपत गर्ने अनुमानसहित यस्तो सुझाव दिइएको हो । राष्ट्र बैंकले यस्तो सुझाव अर्थलाई १६ चैतमै बुझाएको हो ।

Vianet communication

आयल निगमले पनि तेलको खपत कम गर्न २ दिन बिदा दिने, जोरबिजोर प्रणाली लागू गर्ने, विद्युतीय सवारी र चुल्होको प्रयोग बढाउने, सार्वजनिक सवारीको प्रयोग बढी गर्नेसहितको १० बुँदे सुझाव निगमको तालुक निकाय उद्योग मन्त्रालयलाई १५ चैतमै दिएको थियो ।
००००
चैत तेस्रो सातासम्ममा वाणिज्य बैंकहरूमा १० अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने ३ अर्ब मात्रै थपिएको छ । 

नेपाल बैंकर्स संघले जारी गरेको १८ चैतसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४१ खर्ब ३० अर्ब रूपैयाँ निक्षेप संकलन भएको थियो । यस्तो निक्षेप संकलन ३० फागुनसम्ममा ४१ खर्ब २० अर्ब रूपैयाँ मात्रै थियो । 
१८ चैतसम्ममा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा ४१ खर्ब ७५ अर्ब रूपैयाँ रहेको छ । यस्तो कर्जा प्रवाह फागुन मसान्तमा ४१ खर्ब ७२ अर्ब रूपैयाँ रहेको पनि तथ्यांकले देखाएको  छ ।
००००
अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  किशोरी बलात्कारको अभियोग लागेका शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । 

यसअघि जिल्ला अदालत तनहुँले पनि उनलाई पुर्पक्षमै पठाएको थियो । न्यायाधीश अर्जुन अधिकारीको इजलासको आदेशअनुसार शाहलाई तनहुँमै थुनामा राख्न आदेश भएको छ । उनलाई आदेशसँगै तनहुँ नै पठाइएको छ । 
नाबालिग गायिकामाथि बलात्कारको अभियोग पलमाथि छ । बलात्कार अभियोगमा उनी फागुन १५ मा पक्राउ परेका थिए ।
००००
सर्लाहीमा गोली हानेर एक युवकको हत्या भएको छ । बुधबार साँझ मंगलवामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक  इन्दल कुमारको हत्या भएको हो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए ।
००००
पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरणअनुसार ६ हजार ९०९ जनामा परीक्षण गर्दा २३ संक्रमित फेला परेका हुन् ।

कोरोना निको भएर ६६ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । आइतवार देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ ।

००००
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘मनाङे’ ले आफ्नै मन्त्रालयका कर्मचारीलाई कुटपिट गरेका छन् । 
मन्त्रालयका एक कर्मचारीका अनुसार मंगलवार अपरान्ह ४ बजेतिर मन्त्री गुरुङले आफ्नै कार्यकक्षमा मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझालाई कुटपिट गरेका हुन् । 
‘मन्त्रीज्यूले आफ्नै कार्यकक्षमा सूचना अधिकारी ओझालाई लात्ती हान्नुभयो,’ ती कर्मचारीले लोकान्तरलाई भने, ‘अनुदानको मापदण्ड बनाउने विषयमा विवाद भएर मन्त्रीज्यूले झम्टिएर कुटपिट गर्नुभएको हो, अरू सबै कुरा त प्रष्ट भएको छैन ।’
यस विषयमा मन्त्री गुरुङका सचिवालय अधिकृत राजेन्द्रप्रसाद आचार्यले कुटपिट भएनभएको यकिन नभएको बताउँछन् । 
००००
स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेलको क्रममा सिट बाँडफाँटबारे औपचारिक रुपमा छलफल शुरू गरेको छ । 

स्थानीय तहबाट पार्टीहरूको राजनीतिक अवस्थाको रिपोर्टिङ आएसँगै चुनावमा उम्मेदवार बाँडफाँटको विषयमा औपचारिक रुपमा छलफल शुरू भएको हो । 

गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनाएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । 
००००
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर गम्भीर बिरामी भएपछि रुपन्देहीको भैरहवाबाट काठमाडौं लगिएको छ । 

पार्टीको कार्यक्रमका लागि मंगलवार परासीबाट भैरहवा आइपुगेका अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएका थिए । उनलाई तत्कालै भैरहवास्थित भीम अस्पताल र्पुयाइएको थियो ।
अस्पतालका डा सिद्धार्थ पाण्डेले अध्यक्ष ठाकुरलाई अस्पताल ल्याएको पुष्टि गर्दै हल्का निमोनिया देखिएको र अक्सिजन लेभलसमेत कम भएको बताए । 

अक्सिजन लेभल कम देखिएपछि काठमाडौं रेफर गरिएको उनको भनाइ छ । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य बन्दै गएको छ । 
००००
नेकपा एमाले रुपन्देहीले आउँदो शनिबार  जिल्लाका १६ वटै पालिका अन्तर्गतका वडाहरूमा वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारको छनौट गर्ने भएको छ । पार्टी जिल्ला कमिटीको तेश्रो पूर्ण बैठकले २८ गते सम्ममा प्रस्तावित उमेदवारको नाम जिल्लामा पठाउने गरि निर्णय गरेको जिल्ला कमिटीका सचिव यज्ञ गैरेले बताए । 
बैठकले वैशाख ९ गते प्रत्येक पालिका कमिटीले घोषणा( पत्र तथा प्रतिवद्धता सार्वजनिक गर्ने, पार्टीका तर्फबाट जनप्रतिनिधि जितेका पालिकामा पाँच वर्ष भित्र गरिएका कामहरु तथा संघ र प्रदेशका तर्फबाट भएका कामहरु जनताको बिचमा लैजाने बैठकले निर्णय गरेको छ ।
००००
नेपाल बार एशोसिएशनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । 
पछिल्लो गणनाअनुसार घिमिरेले १ हजार ९९० मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १ हजार ४ मत प्राप्त गरेका छन् ।
००००
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बुधवार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णयअनुसार घिसिङ सदस्य सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त गरेको र नयाँ सदस्य सचिव नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटउपर मंसिर ३० गते न्यायधीश हरि फुयाँलको एकल इजलासले सदस्य सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्य सचिव घिसिङ राखेपमा अनुपस्थित थिए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका दलहरूले राजनीतिलाई पेशा व्यवसाय बनाएको बताएका छन् । बुधवार विराटनगरमा राप्रपा मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजनीति गर्नेहरूले ७ पुस्ता सपार्ने व्यापार ठानेका कारण देशको अवस्था बिग्रिएको बताए ।
‘राजनीति गर्नेहरूले ओढ्ने, ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, ७ पुस्ता सपार्ने व्यवसाय पनि बनाए,’ उनले भने, ‘त्यसको असर अहिले हामीले भोगिरहनुपरेको छ । लोभीपापीहरूका कारण राजनीति मात्रै दुर्गन्धित भएको छैन, देशमै दुर्गन्ध फैलिएको छ ।’
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए । 
प्रचण्डले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न क्रियाशील रहेको बताए । उनले भने, ‘सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।’
००००
धनुषामा गोली प्रहारबाट एक १८ वर्षीय युवकको हत्या गरिएको छ । हंसपुर नगरपालिका ७ का विजय महराको गोली र चक्कु प्रहार गरेर हत्या गरिएको हो । महराको शव घर नजिकैको गहुँ खेतमा बुधवार दिउँसो फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार महराको निधारमा गोली प्रहार गरेको जस्तो खत देखिएको छ । साथै पछाडि ढाडमा चक्कु प्रहार गरिएको घाउ देखिएको उनले बताए ।
००००
शेयर बजार मापक सूचक नेप्से बुधवार २३.३२ अंकले घटेको छ । बजार ०.९५ अंकले घटेर नेप्से परिसूचक २४२८.५७ विन्दूमा ओर्लिएको छ । बजार घटेसँगै कारोबार रकम पनि २ अर्ब रुपैयाँमा मात्रै सिमित भएको छ । आज २२६ कम्पनीको ४३ लाख ७९ हजार कित्ता शेयरको ३८ हजार पटक कारोवार भएको छ । यसबाट १ अर्ब ९९ करोड रुपैयाँको कारोवार भएको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जति धेरै चल्छ देश त्यति धेरै बर्बादीतिर जाने टिप्पणी गरेका छन् । झर्ने बेलाको फल जस्तै गठबन्धन कुहिन लागेकोले आफूहरूले एमालेले सरकार ढाल्न नलाग्ने उनले दाबी गरे ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकार तुरुन्त ढल्नुपर्ने बताएका हुन् ।
००००

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x