
दराज अनलाइनले आगामी २८ गतेदेखि नव वर्षको सेल – नयाँ रहर नयाँ अफर शुरू गर्ने घोषणा गरेको छ ।
नयाँ वर्षको शुभ अवसरलाई लिएर दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, ५ हजारसम्मको भौचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ यडिया एस–लाइक स्कुटर जित्ने अवसर लिएर आएको छ ।
यस अभियानको लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराज बिच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम एक हजार रुपैयाँ) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम १ हजार ५ सय रुपैयाँ) सम्म छुटको मजा लिन सक्नेछन् ।
त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डु, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १०% (एक हजार रुपैयाँ) छुट र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५% (१ हजार ५ सय रुपैयाँसम्म) छुटको मज्जा लिन सक्नेछन् ।
साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड बाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५% सम्म छुट (अधिकतम एक हजार रुपैयाँ) प्राप्त गर्न सक्नेछन् ।
यो अफर ११ अप्रिल (चैत २८) देखि १५ अप्रिल (बैशाख २) सम्म मान्य हुने कम्पनीले जनाएको छ ।