असार १३, २०७९
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
जोगी भातको पौराणिकता धेरैलाई थाहा नहुन सक्छ । यो परिकार नेपालको मौलिक र परापूर्वकालदेखिको लोक खाना हो । जोगी भात सामान्यतया चामल, दाल, सब्जी, घ्यु, बेसार आदि इत्यादि मिसाएर पकाइन्छ ।
नेपालको प्रायः सबै भूभागमा जोगी सन्तहरूको बसोबास रहेको छ । जोगीले घरघरमा गएर भिक्षा मागेका सामग्रीलाई एकैठाउँमा मिसाएर पकाउने हुनाले यही समुदायबाट यो परिकारको जन्म भएको पौराणिकता छ ।
रातभर फेरि लगाएर होस् या दिनभर घरघरमा मागेर ल्याएको खाद्य सामग्री एउटै भाडामा मिसाएर पकाउने यो संस्कारलाई अहिले ठूलाठूला होटल या रेस्टुरेन्टको मेनुमा राख्न थालेका छन् । खान पनि स्वादिष्ट, बनाउन सजिलो र स्वास्थ्यका हिसाबले पनि फाइदाजनक भएका कारण अहिले धेरैको घरको चुल्होमा जोगी भात पाक्न थालेको छ ।
जोगी भात बनाउन चाहिने सामग्रीः चामल ५०० ग्राम, रातो या कालो दाल १५० ग्राम, पालक या रायो साग सानो १ मुठा, हरियो केराउ ७० ग्राम, आलु १८० ग्राम, गाजर ६० ग्राम, नेपाली घ्यु ६० ग्राम, काटेको प्याज २ पिस, मसिनो गरी काटेको अदुवा, लसुन २० ग्राम, बेसार १ चिया चम्चा, नून स्वादअनुसार, पानी ६५० एमएल, ताजा धनियाँ सजावटका लागि ।
जोगी भात पकाउने विधिः बाक्लो खालको कसौडी या डेक्ची तताएर घ्यु हाल्ने र एकछिनमा काटेको प्याज, अदुवा, लसुन हाली भुट्ने । केही समयपछि बेसार हालेर चलाउने । ताछेर काटेको आलु, गाजर, पखालेको दाल र चामल हाली चलाउने । केहीबेर पानी, पालक, हरियो केराउ, स्वादअनुसार नून हालेर उमाल्ने । पानी सुक्न–सुक्न लाग्ना साथ राम्ररी ढकन लगाएर राम्ररी मधुरो आँचमा पकाउने । जोगी भात पाक्ना साथ हरियो धनियाँ हालेर तातोतातो सर्भ गर्ने । जोगी भातको साइडमा सिलौटोमा पिसेको गोल्भेडाको अचार पनि दिन सकिन्छ ।
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
दुर्गाप्रसाद खरेल बालकहरू व्यवहारिक हुँदैनन् । नानाथरी कल्पनामा रमाउने बालक परीका कथा मन पराउँछ, राक्षसले पहाड उखेलेर उठाएको अमूर्त कथा सुनेर रोमाञ्चित हुन्छ । अरूको आश्वासनमा विश्वास गर्छ र आफूले पनि अरुला...
सामाजिक सञ्जाल र आम दैनिकीमा नेपालीहरूको अस्ट्रेलियाप्रति जति धेरै चासो अनि आकर्षण छ, त्यति नै तीखो व्यंग्य प्रहार अस्ट्रेलियामा नेपालीले गर्ने कामप्रति सोझिएको हुन्छ । आममानिस त भइनैहाले, राजनीतिक र प्रशासनिक उच्...
कुनै समय त्यस्तो थियो सबै खानाका परिकार माटोका भाँडामा पाक्थ्यो । आधुनिकतासँगै यो हाम्रो समाजबाट लोभ हुँदै गएको थियो तर पछिल्लो समय मटिया परिकार फेरि चर्चित र लोकप्रिय हुँदै गयो । पछिल्लो समय माटोक...
भुवनेश्वर अर्याल विभिन्न व्यवस्था हेरियो । पञ्चायतमा छँदा धनुषामा हेमबहादुर, धनकुटामा सूर्यबहादुर र बैतडीमा लोकेन्द्रबहादुर । बहुदलमा दाङमा खुमबहादुर, डडेल्धुरामा शेरबहादुर र सुर्खेतमा पूर्णबहादुरसँ...
व्यञ्जन पस्कने सबैको आ–आफ्नै तरिका र स्टाइलहरू छन् । नेपालमा कसैले सालको पात प्रयोग गर्छन् त कसैले काँचका भाँडा त उपल्लो वर्गले चाँदीको । भारतमा पनि साउथ ईलाकामा केराको पातमा व्यञ्जन पस्कने परम्परा छ भने अन्...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...