
स्थानीय तह चुनावमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
एमाले पार्टी कार्यालय थापाथलीमा शीर्ष नेताहरूकाे उपस्थितिमा बुधवार तालमेल गर्ने सहमति भएको हो ।
चुनावी तालमेल गर्ने सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दुवै दलकाे साझा चुनाव चिह्नको रुपमा सूर्य रहने सहमति भएको छ ।
हस्ताक्षर कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायतको उपस्थिति थियो ।