
अवैधरुपमा लुकाइछिपाइ भारत लैजान लागेको ८ लाख भन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत जान लागेका ३२ वर्षीय भारतीय नागरिक कन्हैया लाललाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट १ लाख ८ हजार ५०० भारतीय रूपैयाँ र नेपाली ६ लाख ५४ हजार रूपैयाँ बरामद भएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।