०५ साउन २०८३, मंगलबार

टी–२० श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा

टी–२० श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा

त्रिकोणात्मक टी–२० श्रृंखला विजेता नेपाली टीमका खेलाडी पुरस्कृत हुने भएका छन् ।

चैत १४–२१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको श्रृखंलाको उपाधि विजेता नेपाली खेलाडीहरू नगद राशीले पुरस्कृत हुने भएका हुन् । 

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टीमका खेलाडीलाई जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले श्रृंखला विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।  

निर्णयअनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

युवा तथा खेलकुद मन्त्रालयले यसअघि समेत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा उपाधि हासिल गरेका तथा उपविजेता हुन सफल भएका खेलाडीलाई नगद राशीले पुरस्कृत गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्