१६ असार २०८३, मंगलबार

गोदावरीका तत्कालीन हाकिम सा’पसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोदावरीका तत्कालीन हाकिम सा’पसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनीयर र सबइन्जिनीयरसहित ८ जनाउपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘गोदावरी नगरपालिका, कैलालीमा १३ वटा सडकका विभिन्न निर्माण व्यवसायीबाट कार्यसम्पादन भएका ठेक्काहरूमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राविधिकहरूको उपस्थितिमा गुणस्तर परीक्षण नतिजाबाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको देखिएको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानिनोक्सानीमा संलग्न रहेको, इन्जिनीयर र सबईन्जिनीयरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्यांकन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य र बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको देखिन आएको हुँदा देहायबमोजिमको कसूरमा सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्