०२ साउन २०८३, शनिबार

‘स्क्रिन एग्जिविशन कक्ष’खोल्न बोर्डको निर्देशन

‘स्क्रिन एग्जिविशन कक्ष’खोल्न बोर्डको निर्देशन

नेपाल धितोपत्र बार्डले धितोपत्र दलाल व्यवसायीलाई ‘स्क्रिन एग्जिविशन कक्ष’ खोल्न निर्देशन दिएको छ । बोर्डले कोभिड– १९ को जोखिमलाई मध्यनजर गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले बन्द रहेको व्यवसायीको कार्यालयमा कारोबारको सूचना दिने यस्तो कक्ष पुनः सुरु गर्न भनेको छ । 

    बोर्डले आज एक सूचना जारी गर्दै हाल कोरोना भाइरसको सङ्क्रमण दर घट्ने क्रममा रहेको र नेपाल सरकारले कोरोना भाइरस जोखिमका समयमा पूर्ण वा आंशिकरुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको भन्दै धितोपत्र दलाल व्यवसायीलाई कारोबारको सूचना दिने कक्ष पुनः सुरु गर्न निर्देशन दिएको हो । कोभिड–१९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाको पालना गर्नेगरी यस्ता कक्षको सञ्चालन गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको छ ।

बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई कारोबार समयमा कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको विवरण देखिने ‘फ्लोर सिट’ बन्द गराउन भनेको छ ।  धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकूल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्