२५ असार २०८३, बिहीबार

एमालेलाई कमल थापाले दिए धन्यवाद

एमालेलाई कमल थापाले दिए धन्यवाद

राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेलाई धन्यवाद दिएका छन् । नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएको भन्दै उनले एमालेलाई धन्यवाद भएका हुन् । 

 ‘राष्ट्रियता,आर्थिक समृद्धि र स्थिरताको कारण हामीले नेकपा (एमाले)सँग सहकार्य गर्ने निर्णय गरेका हौँ। नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

उमेदवार नभएको स्थानमा पनि मतपत्रमा सबै पार्टीको चिन्ह रहने भएकाले मतपत्र बदर हुनबाट रोक्न एकै चिह्न लिने सहमति गरेको उनको भनाइ छ ।  आजै कमल थापाको राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेलसम्बन्धी ५ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार स्थानीय चुनावमा दुई दल मिलेर जानेछन्  । 

salt training

कमेन्ट गर्नुहोस्