×

NMB BANK
NIC ASIA

सुरु भयो २०७९ साल : वर्षभर कस्तो रहला तपाईंको राशिफल ?

बैशाख १, २०७९

NTC
Premier Steels

मेष

Muktinath Bank

यो वर्ष शनि, बृहस्पति, राहु र केतु ग्रहले त्यति राम्रो फल दिँदैनन् । आफन्तबाट केहि अप्रिय बचन सुन्नुपर्नेछ , स्वास्थमा हानी तथा शत्रुपक्ष बलवान देखिन्छन तथापि पति र पत्नी बीच पारस्परिक सद्भावको भावना हुनेछ ।  विपरीत लिंगका साथीहरुबाट दूरी राख्नुहोस् । स्वास्थ्यमा एलर्जीको कारण केहि छाला सम्बन्धी समस्या हुनेछ । प्रदूषित वातावरणबाट आफूलाई जोगाउनुहोस् । यो वर्ष जीवनशैलीमा परिवर्तन आउनसक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले वर्ष सुखद रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दुर्गा भवानीलाई मंगलबार बिहिबार आराधना गरेमा चिताएको पुरा अवस्य नै पुग्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

यो वर्ष तपाइँ एक शान्तिपूर्ण तरिकाबाट तपाइँको कार्यहरु पूरा गर्नुहुनेछ । बृहस्पति ग्रहले सुखद परिणाम ल्याउनेछ । परिवारमा रमाइलो वातावरण रहनेछ किनकि भाइहरुसंगको सम्बन्ध मीठो बन्नेछ । राहुले नोक्शानी र कार्यमा बिलम्ब सहनुपर्नेछ । शनिले पीडा नै  दिनेछ । कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईर्ष्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा यो वर्ष  ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । शिवजीलाई सम्झिएर बिशेष कामहरुको थालनी गर्नु होला । मावलीको पैसा प्रयोग गरेर जग्गा जमिन किन्दा फाइदा नै होला ।

Vianet communication

मिथुन

यो वर्ष व्यापार र व्यापारको साना साना कुराहरुलाई पनि गम्भीरतापूर्वक लिनुहोस् । तपाइँको काम सजीलै पूरा हुनेछ ।  कामसंग सम्बन्धित केहि राम्रो समाचार पनि हुनेछ । तपाइँको प्रतियोगीहरुको गतिविधिहरुलाई बेवास्ता नगर्नुहोस् । काममा अतिरिक्त आय प्राप्त गर्नको लागी प्रयास नगर्नुहोस् ।  धनधान्य, कुटुम्ब र वाणिलाई प्रभावित तुल्याउने कर्ममा ध्यान दिनुहोला । वैवाहिक जीवन र प्रेमप्रसङ्गमा सुखद पल बिताउने अवसर मिल्नेछ भने कार्यक्षेत्रमा पनि कतिपय राम्रा अवसरहरू मिल्नेछन् ।  धनभावमा ग्रहको फल मध्यम रहेको छ  । शनि, बृहस्पति, राहु र केतु ग्रहले अशुभ फल दिएकाले ग्रहहरुको बैदिक जाप गराउदा राम्रो नै रहला । जग्गा जमिन लिने योग पनि रहेको छ । अदैया शनि माघ संहिना सम्म रहेको छ । शनिबार कालो कपडा नलगाउनु होला ।

कर्कट

यो वर्ष क्यारियर: एक ठूलो व्यक्तिद्वारा प्राप्त कार्यले तपाइँलाई कामको लागी समाधानको अनुभूति गराउनेछ, तर यो काम केहि समय मात्र रहनेछ, त्यसैले यसमा पूर्ण रूपमा निर्भर नगर्नुहोस् । जनधन र मनमा बृद्दी नै देखिएको छ आर्थिक दृष्टिकोणले यो समय राम्रो रहनेछ । सम्पत्ति आर्जन गर्ने सिलसिलामा वा कुनै नयाँ कामको थालनी वा पूर्णताका लागि तपाईंले भाइबहिनी वा कार्यक्षेत्रका जुनियर स्टाफको सहयोग पाउनु हुनेछ । आफ्नै शारीरिक सामर्थ्य र ऊर्जामा कमी भएको महसुस हुनेछ, कमजोरीको अनुभूति हुनसक्छ, त्यसैले व्यायाम र आहाराको सन्तुलनमा ध्यान दिनु ठीक हुन्छ । बृहस्पति शुभ रहेकाले मान सम्मानमा बृद्दी देखिन्छ । राहु ग्रहले स्वास्थमा जटिल रोगबाट छुत्कारा पाउनुका साथै सत्रुमाथी पराजयको संकेत गर्दछ । अध्यात्मिक कर्ममा मन लाग्नेछ र नया ठाउँको भ्रमणको सम्भावना रहेको छ । अदैया शनि माघ महिना पछि रहेकाले सामन हराउने, आरोप लाग्ने अथवा चोरीको सम्भावना बढ्न सक्छ ।

सिंह

यो वर्ष शारीरिक समस्याहरुमा प्रतिबिम्बित हुन्छ तसर्थ, स्वास्थ्य सुधारमा ध्यान राख्नुपर्छ । अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबारमा सजगता अपनाउनुहोला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन । गाडी अथवा बाहन किन्ने योग बन्न सक्छ । ससुराली सँग सतर्क रहनुहोला । मंगलबार हनुमान चालिसा पाठ गर्नुहोला अवस्य पनि सकारात्मक उर्जाको बिकाश हुनेछ ।

कन्या

यो वर्ष कुनै लामो समय देखि चलेको चिन्ता र तनावबाट मुक्त हुनुहुनेछ । बृहस्पतिले आफन्त र कर्ममा राम्रो प्रतिफल दिनेछ । राहु र केतु ग्रहले  बेफाइदा दिनेछन । हास्य र मनोरन्जन आदिको काममा खर्च गरिनेछ । आफन्तहरुसंगको अन्तरक्रियाले आपसी सम्बन्धलाई बलियो बनाउनेछ ।  तपाइँको मानसिक स्थितिमा परिवर्तन हुनेछ । तथापि आत्मकारक ग्रहले  निकै आशावादी बन्न सकिन्छ । सरकारी सेवाको उच्च पदमा रहेका विशिष्ट कर्मचारी वा राजनेताहरूका लागि उत्कृष्ट समय हुनेछ । धन, मान र प्रतिष्ठामा आशातीत ढंगले बृद्धि हुने सम्भावना देखिन्छ । पदोन्नति वा बढुवा चाहनेको प्रयास गर्ने समय हो । नयाँ रोजगारीको खोजीमा हुनेले पनि प्रयास गर्ने समय हो । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका मिल्नेछ । बिहिबार बगलामुखी देवीलाई सम्झिदा बिद्यार्थीहरुको हकमा विदेश योग प्रबल रहनेछ ।

तुला

यो वर्ष सम्बन्धमा लिईएको निर्णयको कारण सुरुमा मानसिक तनाव हुनसक्छ, तर यो निर्णय सही हुनसक्छ र चाँडै राम्रो संदेश मिल्नेछ । यो वर्ष शनि, बृहस्पति, राहु र केतु ग्रहले चिन्ता र भय बढाउनेछ । पेटमा अत्यधिक जलनको  कारण, स्वास्थ्यमा गिरावट आउनसक्छ । घरेलु मामिलामा अत्यधिक हस्तक्षेप र क्रोधबाट बच्नुहोस् । कसरी जीवनमा तनावग्रस्त चीजहरुलाई हल गर्न सकिन्छ वा तपाइँ आफ्नो विचार परिवर्तन गरेर स्थितिमा परिवर्तन देख्नुहुनेछ यी दुबै कुराहरुको बारेमा सोच्दै, उपयुक्त परिवर्तनको बारेमा ल्याउनको लागी प्रयास गर्नुहोस् । अदैया शनि माघ माहिना सम्म रहेको छ  । प्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तीर्थ भ्रवण गरेर र ग्रहहरु शान्त पार्न गरीव, ब्रामण भोजन गराउदा जीवनमा सफलताले पछ्याउने छ ।

वृश्चिक

यो वर्ष मन्दी र मुद्रास्फीतिको प्रभाव व्यापारमा  पनि असर पर्नेछ तर धैर्य हुनुहोस्, तपाइँ चाँडै व्यापारमा नयाँ सम्झौताहरु पाउनुहुनेछ । नपढेर बिना कुनै कागज वा कागजातमा हस्ताक्षर नगर्नुहोस् । यो वर्ष  बृहस्पति, राहु र केतु ग्रहले शुभ फलदायी रहनेछन् । शेयर आदिमा लगानीको लागि समय राम्रो छैन ।  कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ ।  शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । अदैया शनि माघ महिना पछि सुरुवात रहनेछ । पशुपालन, कृषी, उद्योगमा राम्रो सफलता नै हात पर्नेछ । कलाकारिता, नाचगान र सामाजिक संचारमा बदी समय व्यतित गरिनेछ । आर्थिक लेनदेन नगरेको नै बेश रहला । आफन्तबाट दुरी कायम राख्दा आफ्नो काममा ध्यान दिन सकिन्छ र जीवनमा प्रगती ,मिल्नेछ ।

धनु

यो वर्ष चोरी वा एक प्रिय वस्तुको हानिको डर रहनेछ । यो वर्ष शनि, वृहस्पति, राहु र केतु ग्रहले  मिश्रित परिणाम दिनेछ । सावधान रहनुहोस् र आफ्नो क्रोध र बोलीको रूपमा राम्रोसंग नियन्त्रण गर्नुहोस् । घरमा अत्यधिक व्यस्तताको कारण, तपाइँ परिवारलाई समय दिन सक्नुहुन्न । व्यर्थको यात्रामा पनि समय बर्बाद गर्न सकिन्छ । घरमा कुनै प्रकारको कलह र विवादको स्थिति हुनसक्छ ।  तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ । काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ ।  काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । महत्वपूर्ण निर्णय लिने समय छ । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खानेछन् । अन्त्य साढेसाति शनि माघ महिना सम्म रहनेछ । अपजस खेप्नुपर्नेछ ।

मकर

यो वर्ष बुबा र छोराको बीचमा हल्का झगडा हुनसक्छ । यो वर्ष शनि, बृहस्पति, राहु र केतु ग्रहले गर्दा  आफ्नो बोलीमा र क्रोधमा नियन्त्रण र बच्चाहरुसंग मैत्रीपूर्ण व्यवहार राखेर, परिस्थितिहरु एक धेरै हदसम्म सामान्य बन्नेछ । तपाइँ एक धार्मिकस्थलको भ्रमण गरेर शान्ति र आराम पाउनुहुनेछ । हरेक प्रकारको चुनौती सामना गर्नको लागी तयार रहनको लागी आवश्यकता रहन्छ । भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् । मध्य साढेसाति शनि  माघ महिना सम्म रहनेछ त्यसपछि अन्त्य  साढेसाति शनि सुरुवात रहनेछ ।

कुम्भ

यो वर्ष मध्यम रहेको छ । रक्तचाप र थाइरोइडसंग सम्बन्धित नियमित चेक-अप प्राप्त गर्न निश्चित हुनुहोस् र तपाइँको उपचारमा लापरवाही नगर्नुहोस् । यो वर्ष बृहस्पति र  राहुले राम्रो फल नै दिनेछन्  केतु ग्रहले नकारात्मक फल दिनेछ भाग्यशाली रंग – रातो र भाग्यशाली संख्या ६ रहनेछ । स्वास्थ्य: पिसाबको संक्रमणले धेरै समस्या निम्त्याउन सक्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन् । आध्य साढेसाति शनि माघ महिना सम्म  लाग्नेछ त्यसपछि मध्य साढेसाति शनि सुरुवात रहनेछ ।

मीन

तपाइँले तपाइँको निर्णय गर्ने क्षमता र साथीको छनौट तपाइँको साथीद्वारा लुकेको चीजहरुको अचानक प्रकटीकरणको लागी पछुताउन सक्नुहुन्छ । विदेशको योग देखिन्छ र आयमा सुधार रहनेछ । यो वर्ष शनि, बृहस्पति, राहु र केतु ग्रहले केहि तनाब दिन सक्नेछ । मानिसहरुको असन्तुष्टि काममा रहनेछ, तर तपाइँ यसलाई हटाउनको लागी प्रयास पनि बढाउनुहुनेछ,  जसको कारण स्थितिमा परिवर्तन देखिनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु कार्यसिद्धि मन्त्र : ॐ  भगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।  आध्य साढेसाति शनि माघ महिना पछि सुरुवात रहनेछ, सतर्क रहनुहोला ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x