
आजदेखि नयाँ वर्ष २०७९ साल सुरु भएको छ। नयाँ वर्षका दिन नयाँ योजना र अघिल्लो वर्षको समीक्षा गर्ने प्रचलन छ । कतिपय नयाँ वर्षकै अवसरमा घुघाममा पनि निस्कन्छन् । यस्तोमा मौसम कस्तो रहला भन्ने चासो हुनु स्वाभाविक हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको छ। काठमाडौं उपत्यकामा पनि बदली रहेको छ ।
यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ। यस्तै पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागको एक दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।