२३ असार २०८३, मंगलबार

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ्ग कारोवार गर्ने सम्झौता भएको छ ।

बिहीवार भएको सो सम्झौताअनुसार नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थिहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिने बैंकले जनाएको छ । 

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुबिद्याहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा  छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट/क्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने र विश्वविद्यालयको आबश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिद्या उपलब्ध गराउने सम्वन्धी सम्झौता पत्रमा  विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र  नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

  
 

salt training

कमेन्ट गर्नुहोस्