२४ जेठ २०८३, आइतबार

नबिल बैंकले शुरू गर्‍यो क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना

नबिल बैंकले शुरू गर्‍यो क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । 

नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजना अन्तर्गत यो योजना शुरू गरिएको हो । 

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना शुरू गरिएको बैंकले जनाएको छ ।

यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्ने बैंकले जनाएको छ । 

शुरूमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५% वा अधिकतम प्रति कारोबार रु.२०० र प्रति दिन प्रति मर्चेन्ट अधिकतम रु.५०० सम्म क्यासब्याक प्रदान गरिनेछ । 

यो योजना  बिहीवारदेखि लागू भएको बैंकले जनाएको छ । 

यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १४६ शाखा,  १८० एटीएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरू मार्फत आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्