दक्षिण भारतीय फिल्मका सुपस्टार यशको बहुप्रतीक्षित फिल्म केजीएफ : च्याप्टर २ बिहीवार सार्वजनिक भएको छ ।
सन् २०१८ मा बक्स अफिसमा धमाका मच्चाएको केजीएफको सिक्वेललाई ब्लकबस्टर बनाउन निर्माताहरूले अनेकौं रणनीति अपनाइरहेका छन् ।
कन्नड सिनेमाको सानो प्रोजेक्टका रूपमा शुरू भएको यो फिल्मलाई भारतभरि सफलता दिलाउन अन्य भाषाका अभिनेताहरूलाई पनि खेलाइएको छ । हिन्दी सिनेमाका सञ्जय दत्त र रवीना टण्डन सहित कन्नड, तेलुगु, तमिल र मलयालम भाषाका अभिनेतालाई पनि फिल्ममा खेलाइएको छ ।
फिल्मका निर्देशक प्रशान्त नील र नायक यशले अन्य भाषाका कलाकार ल्याउने सोच बनाएका हुन् ।
यश आफैं कन्नड भाषाका सुपरस्टार हुन् । उनले आफ्नै भाषाका अन्य कलाकार अच्युत राव, वशिष्ठ एन सिंहा, बी सुरेश र टीएस नागभरणलाई पनि ल्याए ।
त्यसैगरी अन्य भाषाका कलाकारहरूलाई पनि फिल्ममा मौका दिएर सबै राज्यमा हिट गराउने योजना सफल भएको छ ।